ग्याल्पो ल्होछार
हिमाली क्षेत्र आसपासमा माटोहरुलाई खोस्रदै, चौरी पाल्ने अनि मौसमसँग पौंठेजोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्कीएका शेर्पा लगायत अन्यउच्च भू(भागमा वसोवास गर्ने वौद्धमार्गी समूदाय आज ग्याल्पो ल्होसार मनाँउदै छन् ।
देवकोटाको मुनामदनको कथा देखि सरुभक्तकोथाङ्गलासम्म, अनि विभिन्न विदेशी चलचित्रहरुः क्याराभान, दुईवर्ष अघि प्रदर्शनमा आएको अङ्ग्रेजी भाषामा नेपालमा छायाङ्कन गरिएकोचलचित्र एभरेष्ट जस्ता विश्व प्रसिद्ध चलचित्रहरु हिमाली भू(भाग अनि जीवनशैलीका प्रतिरुपहरु हुन् ।
संसारको शिरभाग अर्थात् हिमालवरपर हिमशयलको देश नेपालमा आज प्रकृती अनि हिमाल लगायत समग्र मानवता अनि शान्तिको कामना गरिंदै रङ्गीविरङ्गी झण्डा अनिध्वजा पताकाहरु अनि तिनमा अङ्कित शान्ति छर्ने मन्त्रहरु हिमालका तिनै चिसो हावाले दिने गतिकासाथ फहराउने छन् । ल्हो अर्थात बर्ष अनि छार अर्थात नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समूदाय विशेषसंग मात्र सम्बन्धित चाड त हैन्, एउटा साझा उत्सर्गको साटासाट हो आज।

कहिलेकाँही पात्रो अनि बर्षहरुले झेला गर्दछन् अनि केही चाडहरु खप्टीएर अर्कोसंग जुध्नपुग्दछन् । यस बर्षपनि ल्होसारको क्रममा यस्तै केही भएको हो, चन्द्र पात्रो र सौर्य पात्रोको मापन प्रणालीमा भएको मलमासको हिसाबकिताबले यो फरक परेको हो र यस्तो फरक सामान्य हो । यस बर्ष चन्द्रपात्रोमा मलमास परेका कारण कतिपयले चन्द्रपात्रोका अनुसार ग्याल्पो ल्होसारकै दिन सोनाम ल्होसार पनि मनाउछन ।
तथापि आजको ठ्याक्कै एकमहिना अघि माघ ४ गते नै सोनाम ल्होसार औपचारीक रुपमा मनाइएको अनि सरकारी बिदा सहित दिइसकिएको छ । पात्रोले जेजस्तो भनेपनि पर्वको रौनक अनि उत्साहको सञ्चार भइसकेको छ, यस बर्षको ग्याल्पो ल्होसारको सबैलाई शुभकामना दिएर शुरु गर्न चाह्यौ आज ।
नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समूदायले ल्होसार शुरु हुनु एकमहिना अघि नै आ(आफ्नो घर रङ्ग्याउने, फोहेरहरु फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनिहरुले सम्बोटा लिपिलार्इ सेतोपिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउने गर्दछन् ।

हिमाली हावापानीको कुशल आंकलन गरेर आजका दिन उम्रिने गरि गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वालीकारुपमा लिईन्छ । यस वर्षभरि हिमालकोहावापानीले हाम्रा हिमाली दाजुभाई अनि दिदिवहिनीलाई साथ दिनेछन्, यी लोपूलहरुले सबैको कल्याण गरुन ।
ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारीएको हुन्छ त्यसलार्इ गुथुकु भनिन्छ । यो परिकारलार्इ आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेरखाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेरपकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने मान्यता शेर्पासमूदायमा रहेको छ ।
आङ्गन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरुले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरुलाई हल्लाउदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झण्डाहरुले संसारभरी शान्तिको एउटा अद्वितीय कामनाअभिव्यक्त गर्दछन् । यस्ता झण्डाहरुका बारेमा केही थप जानकारी प्रस्तुत गर्यौं । लामो लठ्ठी या आडमा राखिएका एकनाशको तलदेखिमाथीसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरुमा ससाना चारकुने झुण्डाइएका झण्डाहरुलाई भने लगंता भनिन्छ, तिब्बतियन भाषामा यसको अर्थ हवाई घोडा हो ।एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँभईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन ुभगवान इन्द्रु कामाध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसैविश्वासका आधारमा शेर्पा समूदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।
ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरुमा गएरनाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठोमसिना खानेकुराहरु खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमापनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।