स्वर्गिय दिपक रायमाझिको अन्तिम फिल्म चैत्र २ मा रिलिज


बिदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित फिल्म डेस्टिनेशन काठमाडौं चैत्र २ मा देशब्यापी प्रदर्शनमा आउने भएको छ । यो फिल्म नै स्व. निर्देशक दीपक रायमाझीको अन्तिम फिल्म हो जुन उहाँको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको थियो । डेस्टिनेशन काठमाडौंलाई जनपुकार मिडिया हाउसको ब्यानरमा शरद अधिकारीले निर्माण गरेका हुन् ।


दिपक रायमाझिको असमायीक निधनका कारण केही समय निर्माण कार्य रोकीएको थियो । त्यसपछि कार्यकारी निर्देशकको रुपमा मधुसुदन भट्टराईले फिल्म पुरा गरेका थिए । निर्माण पुरा भइ बिदेशका बिभिन्न स्थानम बिशेष प्रदर्शन गरिएको फिल्म अब चैत्र २ गते स्वदेशका हलमा प्रदर्शन गर्न लागीएको निर्माता शरदले जानकारी गराएका हुन् । फिल्ममा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछाने प्रमुख भूमिकामा छन् । राजु थापा र सौरभ लामाले खिचेको फिल्ममा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।

Next Post Previous Post
No Comment
Add Comment
comment url