पोखरामा बहु मातृभाषी रचना वाचन कार्यक्रम सम्पन्न
रोशनी गुरुङ÷पोखरा ९ फागुन
१९औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आज पोखरामा गुरुङ साहित्यिक मञ्च नेपाल र मगर लेखक संघ ४ नं. प्रदेशको आयोजनामा बहु मातृभाषी रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर लेखक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विष्णु कुमार सिञ्जाली मगरले विदेशी भाषाको हस्तक्षेप नेपाली भाषामा मात्रभएर नेपाली खाना, लाउन र रहनसहनमा पनि परेको भन्दै यसबाट बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । आदिवासीहरुले आफनो जातिबारे सामान्य ज्ञान मात्र लिन सके र भाषा बोल्ने जाने पनि त्यो जातिको ऐतिहासिकता केलाउन सक्ने बताउनुभयो ।
मातृभाषा र संस्कृतिलाई राज्यले मान्यता नदिएकै कारण यसप्रति आदिवासीहरुको हिनता बढेको भन्दै अब आदिवासीहरु यसलाई राज्यबाट मान्यता दिलाउनका निम्ती लडनुपर्ने उहाँले बताउनु भयो । कुनै पनि मातृभाषाहरु त्यो जातिको मात्र सम्पत्ति नभएर सारा मानव समुदायको सम्पत्ति भएको भन्दै सबै खाले भाषालाई राज्य र नागरिक सबैले रक्षा गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।
मगर कविरत्न रुद्रबहादुर हितान मगरले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको अध्यक्षता गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन मञ्चकी सचिव रोशनी गुरुङले गर्नुभएको थियो ।
यसैबीच रचना वाचन कार्यक्रममा तीर्थ गुरुङ, रुद्रबहादुर हितान मगर, रुद्रबहादुर सन्देश मगर, तेजबहादुर गुरुङ, तुलबहादुर गुरुङ, कञ्चन गुरुङ, शान्ति गुरुङ, जसु गुरुङ, गीता रखाली मगर, विनु थापामगर, पूmलकुमारी थापामगर, मिनबहादुर गुरुङ, रोशनी गुरुङ, गौरी गुरुङ, बसन्ती थापामगर लगायत १५ जना स्रष्टाहरुले मातृभाषामा रचना वाचन गरेका थिए ।