६.४ रेक्टर स्केलको भूकम्पले ताइवानका सहर ध्वस्त, चारको मृत्यु, २५० बढी घाइते


मध्यरातको समय सबै सुतिरहेका थिए । तर, त्यही बेला गएको ६.४ रेक्टर स्केलको भूकम्पले ताइवानका विभिन्न सहर ध्वस्त भएका छन् । ठूल्ठूला अपार्टमेन्ट र घर तथा सडक भत्केका छन् ।


मंगलबार राति ११ बजेर ५० मिनेटमा ताइवानको हुवालिन सहरमा गएको शक्तिशाली भूकम्पले अहिलेसम्म चारको मृत्यु र साढे दुई सयजना घाइते भएका छन् । सरकारले ताइवानमा आपतकाली सेवाका लागि तयार रहन निर्देशन दिएको छ ।
ठूला घर र अपार्टमेन्टमा फसेका मानिसहरूलाई बाहिर निकालिसकिएको छ । एक १० तले अपार्टमेन्ट सडकतर्फ निहुरेको छ । ताइवानमा दुईवटा प्लेट आपसमा मिलेकाले नियमितजसो भूकम्प जाने गरेको भौगार्भिक शास्त्रीहरूले जनाएका छन् ।



Next Post Previous Post
No Comment
Add Comment
comment url