मेयर कपको लागि महानगरपालिकाको टोलीको विदाई
बाग्लुङमा सञ्चालित प्रदेश नं ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिताको लागि आज पोखरा लेखनाथ महानगरपालिकाको टिमलाई विदाई गरिएको छ । महानगरपालिकाले भोलि शुक्रबार कुष्मा नगरपालिका पर्वतसँग खेल्ने छ ।
पोखराबाट विशाल बस्नेत, विशाल श्रेष्ठ(गोलकिपर) छन् । राष्ट्रिय टोलीबाट समावेश भईसकेको मानबहादुर गुरुङ, लक्ष्मण जिसी, सरोज योन्जन, रमेश थापामगर, हरि गुरुङ, अन्जन देवकोटा(डिफेन्स) छन् । त्यस्तै उत्तम गुरुङ, विशन गुरुङ, टंक गुरुङ, त्रिदेव गुरुङ, शुशिल लामा(मिडफिल्ड)मा खेल्ने छन् । अनिल गुरुङ र बेलप्रसाद गुरुङ(स्ट्राइकर)को भूमिका छन् । सन्दिप पौडेल, सुशान गुरुङ, राहुल गुरुङ र किरण मगर बैकल्पिक खेलाडीको सूचीमा छन् । प्रशिक्षकको रुपमा राजेन्द्र तामाङ छन् ।
खेलाडीहरुलाई पोखरा लेखनाथ महानगरपालिकाका खेलकुद संयोजक एवं वडा नं ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजु, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवनकुमार प्रजापति लगायतले खादा लगाई विदाई गरेका थिए । विदाई समारोहमै खेलकुद संयोजक प्रजुले जर्सी समेत हस्तान्तरण गरेका हुन् ।
साभार : खेलाडी न्युज