चाँगुनारायण मन्दिर बन्यो दुर्गन्धित, भद्रगोल र दुर्घन्दको तस्वीर खिचेर पर्यटक फर्किन बाध्य
काठमाडौं । विश्व सम्पदा सुचिमा सूचिकृत भतपुरको चाँगुनारायाण मन्दिरको फोहोर व्यवस्थापन नुहँदा मन्दिर परिसर दुर्गन्दित बनेको छ ।
दैनिक सयौँ आन्तरिक तथा वाह्य पर्यटक मन्दिर अवलोकन लागि पुगेपनि मन्दिर परिसरमा भएको शौचालय तथा आरम गर्ने ठाँउ दुर्गन्दित छ । प्रति व्यक्ति ३ सय रुपयौँ टिकट लिएर मन्दिर परिसरमा जाने विदेशीहरु शैचालयको खोजीमा बाहिरका रेष्टुरेण्टमा जानु पर्ने बाध्यता छ ।
विश्व सम्पदा सुचिमा सुचिकृत चाँगुनारायण मन्दिर परिसरको शौचालयको अवस्था हेर्नुहोस । भुकम्पबाट क्षतीग्रस्त सत्तलहरुको भग्नावशेषको समेत उचित व्यवस्थापन गरिएको छैन । यहि भद्रगोल र दुर्घन्दको तस्वीर खिचेर पर्यटक फर्किन बाध्य छन् ।
मन्दिरको सरसफाइको जिम्मा पाएको चाँगुनारायाण नगरपालिका तथा वडा न ४ भने मन्दिरको यो अवस्था बारे बेखबर जस्तै छ ।
नगरापालिकाले मन्दिरको फोहोर व्यवस्थापानको लागि वार्षिक ४२ लाखमा ठेक्का दिएको छ तर यसको कार्यान्वयन कसरी भएको छ भन्ने कुरा यी दृश्यले स्पष्ट पार्छ ।

सगरमाथा अञ्चल अस्पताल आफै बन्यो विरामी
यो सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिहं सगरमाथा अञ्चल अस्पताल । अञ्चल अस्पताल भए पनि यसको सेवा र क्षमता स्वास्थ्य चौकीको जत्ति पनि छैन । अस्पतालमा १८ विषेशज्ञ चिकित्सकको दरबन्दि छ तर डाक्टर भने २ जना मात्रै छन् ।
८ बर्षदेखी अस्पतला निमित्त मेडिकल सुपरिटेन्डेन्टकै भरमा छ । डाक्टर अभावकै कारण ८ बर्षदेखी प्रसुती वाहेक गम्भीर प्रकृतिका कुनै पनि सर्जरी भएक छैनन् । बिषेशज्ञ डाक्टर र उपकरणको अभावमा उपचारको लागि समस्या भैरहेको अस्पतालका बरिष्ठ कन्सलटेन्ट फिजियसन डा रञ्जितकुमार झा आफै बताउँछन् ।
अस्पतालमा सबै भन्दा बढी महिला तथा बालबालिका सम्बन्धी बिरामीहरु आँउछन् । अस्पतलामा महिला तथा बालबालिका विषेशज्ञ नभएकै कारण बिरामीलाई अन्य निजी अस्पतालमा रिफर गर्नुको विकल्प छैन ।
अस्पतालमा ११ औं तहको प्रमुख कन्सलटेन्ट ‘अब्स एण्ड गाईने’, ‘जेनेरल फिजिसियन’ र ‘पिडियाट्रिसियन’ तीनै वटा पदहरु रिक्त रहेका छन् । त्यस्तै ९÷१०औं तहका बरिष्ठ कन्सलटेन्ट ‘अब्स एण्ड गाईनो, ‘पिडियाट्रिसियन’ र ‘फिजिसियन’, को दरबन्दी रहेपनि डाक्टरहरु भने छैनन् ।
अस्पताल बन्द हुने अवस्थामा पुगेपछि स्थानीय नेता विकासकुमार तिवारीले गत मंसिरमा अस्पताल सुधारको माग गर्दै १८ दिन लामो अनशन बसेका थिए ।
तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाले १५ दिने भित्र प्रसुति गृह सञ्चालन गर्ने, १ महिना भित्र दरबन्दी अनुसारका सबै विशेषज्ञ डाक्टर उपलब्ध गराउने, तथा अस्पतालमा आवश्यक सबै उपकरण यथासक्य खरिद प्रक्रिया सुर गर्ने सम्झौता सहित अनशन तोडाएका थिए ।
तर सम्झौता सहित अनशन तोड एक बर्ष बढी भैसक्दा पनि कुनै पनि सम्झौता कार्यान्यन नभएपछि फेरी आन्दोलन गर्नुको विकल्प नभएको तिवारी बताउँछन् ।
६ जिल्लाका नागगरिकको स्वास्थ्य सेवा दिनु पर्ने अस्पताल लामो समयदखि आफै विरामी छ ।
साभारः news24nepal