युएईमा तमु खि-ल्होसार सम्पन्न


युएईको दुबई स्थित अल्कुजको डुल्स्को कम्प्लेक्स हलमा २०१८ जनावारी ०५ तारीख शुक्रबार तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित तमु खि- ल्होसार भब्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रम अध्यक्ष ओम प्हच्यु तमुको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न युएई स्थित जातीय संघ सस्था,जिल्लागत सस्थाका निकै प्रतिनीधीहरु अतिथीको रुपमा उपस्थित रहेका थिए ।कार्यक्रम आयोजकले निर्धारित गरेका समय १ बजे भनियता पनि प्राबिधिक समस्याका कारण कार्यक्रम करीब डेढ घण्टा ढिलो सुरु भएका थिए । तर दर्शक भने सोचे भन्दा बढी उपस्थीती भएका थिए । यसपटक दुबईको ल्होसार हेर्न युएईको ७ ओटै राज्य बाट तमुहरु उत्साहजनक तरिकाले उपस्थित रहेका थिए कतित रमाईलो सँगै आफ्ना खेगीहरु बाट रिपु बाध्ने सोच्ले समेत आएका थिए ।आयोजकले दर्शकको बाक्लो उपस्थितीका कारण पटक-पटक चियर थप्दा समेत दर्शक उभिन परेको संवेम सेवकको रुपमा खटिएका साथीहरुले जानाकारी दिएका छन ।
नेपाल बाट दुई जना कलाकार नायिका बसन्ती म्होब्छे तमुस्यो र नायिका तथा मोडेल नीशा पोमु उपस्थित रहेका थिए भने युके हुँदै रुपा ल्हेंगे तमुस्यो र साउदी बाट लोक गायक तिलक प्ल्हे तमुको उपस्थिती रहेका थिए ।
गायक तिलकले सागर गुरुङको सालैजो असिना झर्यो बोलको गीत गाए पछि दर्शकले वान्स मोर भन्दै लगातार २/३ ओटा सालैजो गाउन बाध्ये बनाएका थिए । अन्ये नायिका तथा मोडेलहरुको पनि त्येतिकै जोड्दार नृत्य प्रस्टुती देखिन्थ्यो भने स्थानिय कलाकाहरहरुले पनि निकै स्टेज तताएका थिए ।यसपाली दुबईमा पनि तमु प्ये ल्हु संघ युएईले आफ्ना ३ ओटा नै धर्मगुरुहरु एउटै जग्गेमा पच्यु,क्ल्हेप्री र बोन्पो लम उतरेका थिए ।

 तर पच्यु,क्ल्हेप्री संग आफ्नो शास्त्रीय पोशाक भए पनि बोन्पो लम भने आफ्नो साधन श्रोत नभएकोले साधा पोशाकमा थिए । बोन्पो लम तारा बहादुर पुङ्गी लम तमुले आफ्नो मन्तव्य समेत राख्दै भने तमु जातीको पुरानो लम पुरेत हामी नै हो तर केही बर्ष अघि मात्र गुरुङ समुदायमा प्रवेश पाएका बुद्धीष्ट लामाहरुले हाम्रो बोन्पो लमहरुलाई मास्ने निकै जोड्दार कसरत गर्यो तर यसपाली पोखरामा तमु प्ये ल्हु संघले राष्ट्रीय प्रथम बोन्पो लम भेला आयोजना गरेपछी म एक्दम खुशी भएको छु भन्दै उनले तमु प्ये ल्हु संघको प्रशंसा समेत गर्न भ्याए भने उनले बर्तमान तमु जातीमा बिबादित शब्द ल्होसार/ ल्होछारको समेत प्रष्ट पारेका थिए । उनको भनाई अनुसार तमुहरुले धेरै पहिले देखि ल्होसार नै भन्दै पुस १५ लाई मनाउदै आएको र आफुहरुको शास्त्रीय भाषामा समेत ल्होसार नै भनिने जिकीर गरेका छन ।
कार्यक्रमको उत्तरार्धमा आमन्त्रीत अतिथी कलाकारहरु,मुख्य प्रायोजक तथा व्यावसायी प्रायोजकहरुलाई सम्मान गर्दै अध्यक्ष ओम प्हच्यु तमु द्वारा कार्यक्रम समापनको घोषणा गर्दै डिनर लिई सम्पन्न भएका छन ।
साभारः ichchhakamananews.com

Next Post Previous Post
No Comment
Add Comment
comment url