माघ १६ गतेदेखि मुग्रीमा प्रथम विनकुमारी स्मृति मेला हुने
कास्कीको मादी गाउपालिका वडा नं.९ मुग्री गाँउमा प्रथम विनकुमारी स्मृति मेला २०७४ माघ १६ गतेदेखि २० गतेसम्म हुने भएको छ । २०७२ सालदेखि समाजसेवी स्वर्गीय विनकुमारी गुरुङको स्मृतिमा आयोजित विनकुमारी गुरुङ स्मृति वडास्तरीय रनिङ सेभेन ए साइड फुटवल प्रतियोगितालाई बिनकुमारी स्मृति प्रतिष्ठानको सहकार्यमा नभ प्रभात युवा क्लबले मेला महोत्सवकै रुपमा पहिलो पटक विनकुमारी स्मृति मेला २०७४
आयोजना गरेको मेला मुल आयोजक समितिका संयोजक लब्सन गुरुङले जानकारी दिनुभयो । मुग्री गाँउ र उक्त क्षेत्रकोे प्रचार प्रसार, मौलिक कला सँस्कृतिको संरक्षण, विकास, युवामा रहेको खेलप्रतिभाको प्रष्फुटन एवं मुग्री गाँउको समृद्धिका लागि योगदान पुर्याउन आयोजित मेलामा खुल्ला सेभेन ए साइड फुटवल विनकुमारी स्मृति रनिङ कप–२०७४ सहित छेलो, रस्सी तान्ने, भालेजुधाई, खुल्ला एकल नृत्य प्रतियोगीता आयोजना गरिएको आयोजक नभ प्रभात युवा क्लवका अध्यक्ष सुजन गुरुङले जानकारी दिनुभयो । खुल्ला सेभेन ए साइड फुटवल विनकुमारी स्मृति रनिङ कप–२०७४ मा प्रथम हुनेले ४० हजार नगद, रनिङ शिल, प्रमाण–पत्र, मेडल, दोश्रोले २५ हजार नगद, प्रमाण–पत्र, मेडल प्राप्त गर्ने खेल संचालन उप समिति संयोजक गोपाल गुरुङले बताउनुभयो । विनकुमारी स्मृति रनिङ कप २०७२ मा प्रथम पुरस्कार २० हजार, २०७३ मा ३० हजार हुदै यसवर्ष बृद्धि गरी ४० हजार पुर्याएको हो । यसरी नै मेलामा आयोजित खुल्ला एकल नृत्य प्रतियोगीतामा प्रथम हुनेले २० हजार नगदसहित विन कुमारी स्मृति अवार्ड (शिल) प्रमाण पत्रबाट पुरस्कृत हुने भएको छ भने दोश्रो हुनेले १२ हजार नगद, प्रमाण–पत्र र तेश्रो हुनेले ८ हजार रुपैयासहित प्रमाण–पत्रबाट पुरस्कृत हुने साँस्कृतिक कार्यक्रम संचालन उपसमिति संयोजक नियोना गुरुङ(धनु)ले जानकारी दिनुभयो । मेलाको थप आकर्षणमा प्राचिन आर्ट ऐकेडेमी पोखराको विविध साँस्कृतिक प्रस्तुति, जादुगर तथा हाँस्यकलाकार दिपक थापाको हाँस्य प्रहसन तथा जादु प्रस्तुति, राष्ट्रिय कलाकारहरुको प्रस्तुति साथै स्थानिय युवा क्लवको साँस्कृतिक कार्यक्रम रहेको विनकुमारी स्मृति प्रतिष्ठान अध्यक्ष समेत रहनुभएका मादी गाँउपालिका वडा नं. ९ का वडा अध्यक्ष तोरन गुरुङले जानकारी दिनुभयो । पोखराबाट बस यात्रामा दुई घण्टा र मोटरसाईकल वा स्कुटरमा डेढ घण्टामा पुगिने मेलामा पोखरा वा टाढाबाट सहभागी हुने प्रतियोगी कलाकारहरुको लागी निशुल्क खान बस्नको व्यवस्था गरिएको मुल आयोजक समितिका संयोजक लब्सन गुरुङले बताउभयो । उक्त मेलालाई भव्यताका साथ सम्पन्न गर्न आयोजक मुल समिति सहित विभिन्न १३ वटा उपसमिति गठन क्रियाशील रहेको बताइएको छ । वर्षैपिच्छे आयोजना गरिने विनकुमारी स्मृति मेलाबाट बचत हुने रकमबाट मुग्री गाउँ चिनारी वृतचित्र निर्माण,फुटवल तथा भलिबल खेल मैदान निर्माण,युवा क्लव भवन निर्माणार्थ जग्गा खरिद तथा भवन निर्माण,मुग्री गाउँ प्रवेश मूल गेटद्धार निर्माण, गोर्जेको भिरबाट विगत एकसय वर्ष अघिदेखि जोखिमका साथ खानेपानी प्रयोग गर्दै आईरहेको ‘‘मूल र खानेपानी’’ पाईप लाईनलाई दिगो निर्माण, मुग्री गाँउमा जिर्ण धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाहरुको खोज तथा पुर्ननिर्माण, मुग्रीबासीलाई सक्षम, शिक्षित र आत्मनिर्भर हुने विभिन्न प्रभावकारी तालिमहरु दिने योजना रहेको संयोजक गुरुङले बताउनुभयो ।
साभार: हुम गुरुङ