दुई युवाको हत्यापछि सिङगो गाँऊ शोकमग्न

उत्तरी मोरङको लेटाङ भोगटेनी नगरपालिका ५ तुर्केमा सोमबार राति हुर्रा नाचका क्रममा दुई युवाको निर्मम हत्या पछि यतिबेला सो क्षेत्र शोकमग्न बनेको छ ।बिहिबार घटनास्थल पुग्दा आसपासका गाँउका मानिसहरुको अनुहार मलिन थियो कोही पनि घटनाका बारेमा खुलेर बोल्न चहादैन थिए । उनका आफन्त,साथीभाई र छिमेकीहरु घटनाको बारेमा कुरा गर्ने बित्तिकै भावविब्हल हुन्थे । खाउँ खाँउ र लाँउ लाँउ उमेरका कलिया युवाहरुको निर्मम हत्यापछि सो क्षेत्र नै यतिबेला शोकमा डुबेको छ ।



मगर समुदायले आयोजना गरेको हुर्रा नाचमा सहभागी हुन गएका केराबारी–९ घंघरुका १८ वर्षीय सनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको गुप्ताङग लगायत शरिरका बिभिन्न भागमा छुरीले रोपेर अर्को समुहमा रहेका युवाहरुले निर्ममतापुर्वक हत्या गरेका थिए ।मृतक दिपेनलाई उनकै साथीहरुले बोलाएर अन्धाधुन्द छुरी प्रहार गर्न थालेपछि छुटयाउन गएका सनमलाई पनि उनीहरुले छुरी हानेका थिए । लेटाङको बुधबारेमा रहेको एक बोर्डिङ स्कुलमा अध्यायनरत उनीहरुको हत्या भएपछि उनका साथीभाई र सिंगो बिद्यालय यतिबेला शोकमा परेको छ ।
असुरक्षाका कारण घटना सो घटना हुनुमा असुरक्षा प्रमुख कारण भएको स्थानीय बताउँछन । यदि प्रशासनले सो क्षेत्रमा सुरक्षा अपनाएको भए घटना नहुने स्थानीयको तर्क रहेको छ । बि.स २०४८ सालमा सो क्षेत्रमा स्थापना भएको प्रहरी चौकी २०५२ सालमा असुरक्षा भएको भन्दै हटाईएको थियो । बेलबारीबाट १० किलोमिटर र लेटाङबाट ५ किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा पटक पटक स्थानीयले सुरक्षाका लागी पहल गर्दा समेत प्रहरी चौकी पुर्नस्थापना हुन नसकेको स्थानीय अगुवा तेज प्रसाद तिम्सिनाले बताए ।लेटाङको दोस्रो ब्यापारिक केन्द्रका रुपमा स्थापित सो क्षेत्रमा करौडौको कारोबार गर्ने सहकारी संस्थाहरु लगायत पसलहरु रहेका छन । सो क्षेत्रमा सुरक्षा नहुँदा सो क्षेत्र यतिबेला अपराधीहरु लुक्ने सुरक्षित ठाँउ बन्दै गएको समेत तिम्सिना बताउँछन । राति १२ बजेसम्म नाचका लागी अनुमति दिने प्रशासनले सुरक्षा दिन नसक्दा सो घटना भएको भन्दै स्थानीयले प्रहरी प्रशासन प्रति आक्रोश समेत पोखेका छन ।
Next Post Previous Post
No Comment
Add Comment
comment url