बलि किन तत्कालै कट्नु पर्ने ?
स्रोत: दनबिर क्रोम्जे तमु
तमुहरुको वेद विधि अनुसार बलि किन चढाईन्छ भन्ने लेख पढ्नु भयो। अब म तपाईहरुलाई बलि किन तत्कालै अथवा त्यतिबेलै काट्नु पर्ने भन्ने बारेमा जानकारि गराउन चाहन्छु । यसरी बुझौं : अघि नै मैले स्पस्ट गरि सकेको छु कि बलि हामिले क्ल्हेसोँदि प्र्हेसोँदिको बिकराल शक्ति फैलुङ्लाई चढाईन्छ। पुरोहितहरुले फैलुङ्लाई सम्मान साथ त्यस त्हेँमा निम्त्याएको हुन्छ र बलि अगाडि राखिन्छ ।
थो सोबा:
तमु बोन धर्मवलम्विहरुले बलि खास गरि तीन थरिको चढाईन्छ। जस्तै बाख्रा, कुखुरा वा भेँडा र कहिले कहिँ परेवा। प्ये भाषामा त्यसलाई " रह्ये थो, ल्हुये थो र व्हाये थो भनिन्छ। त्यस त्हेँ लाई कुन किसिमको बलि दिने भनेर बोलेको थियो त्यो बलि अगाडि राखि "थो सोब" प्ये पढ्ने काम हुन्छ। जस्तै; १) बाख्रा भए: "हाये तोसो सोँबुरो टाँडे क्ल्ह्या पाँडे क्ल्ह्या क्योर्मच्यो सोँङार्दे क्ल्हेसोँदे प्र्हेसोँदे फैला ह्रेब्राछे कुला ह्रेब्राछे। थो त्हानो पु त्हानो । कर्गु ट्हो कर्गु स्योरोँ क्येबै रह्लामै ह्रेँये थोमि सोलमा सोथे लजेबा, ट्होलमा ट्होजेे लजेबा। तिँये क्ल्ह्या क्योँयो लजे, नाये क्ल्ह्या क्योँयो लजे। तिँये फैलु क्योँयो लजे, नाये फैलु क्योँयो लजे। फैला ह्रेब्राछे कुला ह्रेँब्राछे। न्ह क्ह्याँबा, रुँ क्ह्याँबा, फो क्ह्याँबा, मुई क्ह्याँबा थोगा क्हादो सोम। स्याचबा स्याताँनो, कोचबा कोत्हानो, मुईचबा मुईत्हानो , ल्प्हचबा ल्प्हत्हानो, ष्रोचबा ष्रोत्हानो, क्योचबा क्योत्हानो। ङिये फैला ह्रेँब्राछे" आदि ईत्यादि ।

२) भेँडा भए "ल्हुये थो" र ३) कुखुरा भये " व्हाये थो" आदि इत्यादि भनेर फैलुङलाई चढाएको हुन्छ।
फुई सोबा:
अब त्यस बलिलाई मन्सै अर्थात प्हुरसि गरिसकेपछि बाहिर लगेर त्यतिबेलै काटेर त्यसको कलिजो मुटु निकालि, मुटु चाहिँ पुरोहितको त्हेँमा राखिन्छ भने कलिजो चाहिँ चोखो गरि पकाएर (फुई ट्हा) त्हेँमा दिनु पर्छ। अब पुरोहितले त्यस फुई ट्हा त्हेँमा राखि फुई सोबा को प्ये पढेर फैलुङ्लाई चढाउनु पर्छ। जस्तै: "होम माये सोमा थोबै क्ल्हेसोँदे प्र्हेसोँदेमै। फुई सोमा षज्युबाये फुई सोमोबा। त: कर्गु ट्हो कर्गु स्योरोँ क्येबै रह्लमै फुई सोमो। स्यसिना सोजेबा स्यानज्यु सोजेबा। स्यालुबो सोजेबा स्याटिज्यो सोजेबा। फैला ह्रेँब्राछे" आदि इत्यादि भनेर फैलुङ्लाई फुई ट्हा फुई सोसि गरि चढाउनु पर्छ। यदि यो त्हेँ मृत्यु संस्कार हो भने यो फुई ट्हा ह्रो ट्होँलु गर्द पनि मृत्तात्मालाई ट्होँलु चढाउनु पर्छ।

त्यसैले गर्दा त्यस बलिलाई तत्कालै काटेर त्यसको कलिजो मुटु फुई सोबा गरि फैलुइ्लाई चढाउनु पर्दछ। भोलि पर्सि काटेर त्यसको केही अर्थ रहदैन ।