एसईईको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् मार्कसिटसहितको नतिजा…

यस बर्षको एसईईको नतिजा सार्बजनिक भएको छ ।नेपाल टेलिकमले एसईई (SEE) परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट seesymbol No.टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अग्रेजी अक्षरसहित लेख्नुपर्छ ।
यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ।यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो Symbol Number थिचेर नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ ।

Next Post Previous Post
No Comment
Add Comment
comment url