अगष्टमा लमजुङ सेवा समिति हङकङको ११ औं अधिवेशन


सुरेन्द्रमान घले (हङकङ)
लमजुङ सेवा समिति हङकङ आफ्नो ११ औं अधिवेशनको लागि जुटेको छ । आइतबारको कार्यसमिति बैठकले अधिवेशन आगामी अगष्ट दोस्रो साता गर्ने निर्णय गरेको छ ।
अधिवेशन पछि गठन हुने कार्यसमितिले यथासक्य छिटो छैटौं मस्र्याङदी साँझ आयोजना गर्ने निर्णय बैठकले गरेको छ । नयाँ समितिले एकपटक मस्र्याङदी साँझ आयोजना गरिँदै आएकोले उक्त समितिले छिटो भन्दा छिटो उक्त कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको हो । यस्तै, हङकङमा बसोबास गर्दै आएकाहरुले २ जना मृगौलापीडितको लागि रकम संकलन गरेकाले उक्त रकम पीडितलाई हस्तान्तरण गर्ने कार्यसमितिले निर्णय गरेको छ । उक्त रकम छिट्टै पठाउने तयारी भइरहेको छ । 

लमजुङ सेवा समिति हङकङका अध्यक्ष सरोज गुरुङको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष श्याम कुमार गुरुङ, सचिव सुरेन्द्र मान घले, कोषाध्यक्ष ओम प्रसाद गुरुङ लगायत समितिको सदस्यहरुको उपस्थिति रहेको थियो । यस्तै, पूर्व अध्यक्षहरु गोपीराम घले, दीलिप सिङ गुरुङ, सुरेश कुमार गुरुङ, सत्य प्रसाद घले, विजय कुमार गुरुङ लगायत सल्लाहकारको उपस्थिति रहेको थियो । 
लमजुङ घर भई स्थायी र अस्थायी रुपमा हङकङमा बसोबास गर्दै आएका महानुभावहरु लमजुङ सेवा समिति हङकङमा आवद्ध छन् । लमजुङको स्वास्थ्य, शिक्षा क्षेत्रमा परोपकारी कार्य गर्दै आएको लमजुङ सेवा समिति हङकङको लमजुङमा सम्पर्क समिति समेत रहेको छ । उक्त समितिमाको नाममा स्थापना भएको ४० लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट गरीब, दलित तथा विपन्न परिवारलाई राहत, उपचार तथा छात्राबृत्ति प्रदान गरि“दै आएको छ । यस्तै, परोपकारी कार्यका लागि हङकङ सेवा समितिले हङकङमै विभिन्न अभियान संचालन गर्दै आएका छन् । मस्र्याङदी साँझ लमजुङ सेवा समिति हङकङले आयोजना गर्ने सवैभन्दा ठूलो कार्यक्रम हो । 
Next Post Previous Post
No Comment
Add Comment
comment url