ओली नेतृत्वको सरकारमा माओवादी सहभागी भएन, लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री पदको शपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्री ओली तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।


प्रधानमन्त्री ओलीले लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालय र थममाया थापालाई महिला बालबालिका तथा समाजवाद कल्याण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।
शीतलनिवासस्थित राष्ट्रपति भवनमा बिहीबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले पण्डित र थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, पूर्व उपप्रधान तथा मन्त्रीहरु, संविधानसभाको पूर्व अध्यक्ष र पूर्वसभामुख, प्रदेश प्रमुख तथा प्रदेशसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्रीबाट देउवाले बिहीबार राजीनामा दिएका थिए । त्यसलगत्तै माओवादीको समर्थनसहितको बहुमत जुटाएको पत्र एमालेले राष्ट्रपति भण्डारीलाई बुझाएको थियो । तत् पश्चात राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । ओली नेतृत्वको सरकारलाई समर्थन गरेको माओवादी केन्द्र भने सरकारमा सहभागी भएन ।
Next Post Previous Post
No Comment
Add Comment
comment url