दाहाल–ओली वार्ता, एकताका लागि तीन निर्णय
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको छ । अध्यक्ष ओली निवास बालकोटमा करिब डेढ घन्टा लामो छलफलमा तीनवटा ठोस निर्णय गरेको अध्यक्ष ओलीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
प्रेस संयोजक अधिकारीका अनुसार पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्याउन सोमबार दुवै पार्टीको शीर्ष बैठक राख्ने सहमति भएको छ । एमालेले दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बोलाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले पनि बैठक बोलाउनेछ ।
त्यस्तै मंगलबार पार्टी एकता संयोजन समितिको बैठक आह्वान गर्ने निर्णय भएको छ । सोही बैठकले सानो कमिटी बनाएर सांगठनिक र बैचारिक धार तय गर्ने दुई अध्यक्षबीच समझदारी भएको छ ।
चितवनबाट स्थलमार्ग हुँदै काठमाडौं आएका दाहाल सिधै बालकोट पुगेका थिए ।